२०८१ वैशाख १५ गते | 27th of April 2024

भरत पौडेल बने परराष्ट्र मन्त्रालयका सचिव

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २३ गते १४:१५

काठमाडौ – भरत पौडेल परराष्ट्र मन्त्रालयका सचिव  भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका बरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो।  नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन्। यसअघि सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो। बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रका निमित्त सचिवको भूमिका निभाएका थिए।

स्याङ्जाका ५४ वर्षीय पौडेल पाकिस्तानका लागि राजदूतसमेत भएका थिए।  निमित्त सचिव हुनुअघि सम्म  उनी परराष्ट्र प्रवक्ता थिए।  सन् १९९२ मा अधिकृत बनेका उनी दश वर्षपछि उनी परीक्षा पास गरेर परराष्ट्रको उपसचिव बनेका थिए। २०१०मा राहदानी विभागको महानिर्देशक भएका उनी २०१२ देखि २०१६ सम्म पाकिस्तानका लागि आवासीय राजदूत बनेका थिए। उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट डिप्लोम्याटिक स्टडिजमा पोस्ट ग्रयाजुयट डिग्री गरेका छन् भने हेगको इन्टरनेशनल इन्स्टिच्युट अफ सोसल स्टडिजबाट इन्टरनेशनल डेभलपमेन्टमा मास्टर्स गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *