२०८१ वैशाख १६ गते | 28th of April 2024

देशभर एकै दिन ५ हजार बढि संक्रमित थपिए

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २४ गते १४:०१

काठमाडौं –   शनिवार  काठमाडौ उपत्यकामा २ हजार ६ सय ७२ सहित देशभर हालसम्मकै धेरै संख्यामा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्गर गौतमले आज देशभर १९ हजार ३ सय २० जनामा रियलटाईम पिसिआर परिक्षण गर्दा एक हजार ८ सय २३ महिला र ३ हजार एक सय ८५ पुरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या एक लाख ५ हजार ६ सय ८४ पुगेको छ ।

यस्तै आज काठमाडौमा २ हजार एक सय, ललितपुरमा ३ सय ६९ र भक्तपुरमा २ सय ३ सहित काठमाडौ उपत्यकामा २ हजार ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रा.डा गौतमले जानकारी दिनुभयो । आज देशभर ६८ जिल्लामा थपिएका नयाँ संक्रमितहरु मध्ये सुनसरीमा ३ सय ९४, मोरङमा ३ सय ६९, रुपन्देहीमा २ सय १५, चितवनमा एक सय ४७, सुर्खेतमा एक सय ३४, दाङमा ९३, तनहूमा ५५, मकवानपुमार ५४ र कास्कीमा ५१ जनामा छन् भने बाँकी जिल्लामा ५० भन्दा कम संख्यामा संक्रमित भेटिएका छन् ।

यस्तै आज देशभर एक हजार २ सय २९ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ । यस्तै आज थप १४ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमणका कारण काठमाडौंमा ३, ललितपुर र मोरङमा २–२ जना, भक्तपुर, सुनसरी, सर्लाही, मकवानपुर, धाधिङ, नवलपसारी पूर्व र रुपन्देहीका १–१ जनाको मृत्यु भएको प्रवक्ता प्राध्यापक डा. गौतमले जानकारी दिनुभयो ।

यस्तै आज देशभरका ७५ जिल्लामा ३० हजार ८ सय १८ जना संक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमितहरु मध्ये १७ हजार एक सय ६४ जना होम आईसोलेसन र १३ हजार ६ सय ५४ जना संस्थागत आईसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार गम्भीर लक्षण देखिएका ३ सय २१ जना आइ.सी.यू र ७७ जनाको भेण्टिलेटरमा राखेर उपचार भईरहेको छ ।

यस्तै, चाडपर्व तथा जात्रा मनाउँदा व्यत्तिगत तह र आधारभुत तहका अत्यावश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले संक्रमण तीव्र गतिमा बढिरहेको भन्दै चाडपर्व मनाउँदा पूजा, टिकाटाला जस्ता कार्य गर्दा जनस्वास्थ्यका मापदण्ड लागू गर्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा गौतमले धेरै सम्पर्कमा आउने धार्मिक स्थल, देविदेवताका मुर्ति, टिकाटाला तथा प्रसाद ग्रहरण जस्ता कार्यमा व्यक्तिगत र आधारभुत तहमा सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *