२०८१ वैशाख १५ गते | 27th of April 2024

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईमा कोरोना संक्रमण पुष्टि

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २४ गते १४:१९

काठमाडौ-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले  सामाजिक सञ्जाल फेसबुकमा आफू कोरोना पोजेटिभ भएको जानकारी दिनुभएको छ । गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ- मन्त्री भट्टराईले अगाडि लेख्नुभएको छ, ”हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु ।“

हालसम्म हल्का ज्वरोबाहेक अरु समस्या आफूलाई  नदेखिएको उहाँले प्रष्ट पार्नुभएको छ । केह दिन यता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु” उहाँले लेख्नुभएको छ । आफ्नो कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी रहेको उहाँले भन्नुभएको छ । “होसियार रहनु र परी आएमा सामना गर्नु बाहेक के नै पो विकल्प छ र  मन्त्री भट्टराईले स्टाटसमा लेख्नुभएको छ । मन्त्री भट्टराईका प्रेस संयोजक राजेन्द्र श्रेष्ठकाअनुसार उहाँ अहिले होम आइसोलेशनमा हुनुहुन्छ ।  मन्त्री भट्टराईमा  सघिय सरकारका मन्त्री मध्य  पहिलो पटक   भट्टराईमा संक्रमण पुष्टि भएको हो । यस अघि प्रदेश सरकारका केहि मन्त्रीमा संक्रमण पुष्टि भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *