२०८१ वैशाख १६ गते | 28th of April 2024

लकडाउन गर्न सरकार बाध्य हुन सक्छ : प्रवक्ता ज्ञवाली

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २५ गते १३:४५

काठमाडौ –  सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ।सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने तर्फ सरकारले सचेत गराएको हो। नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए।अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए। चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उनको भनाइ छ।

लकडाउन गर्ने/नगर्ने कुरा सरकारी आग्रह र अपिल नागरिकले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने उनले बताए।यस्तै उनले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकलाई सचेतना अपनाउन अपिल गरे। काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखा पर्न थालेको भन्दै उनले नागरिकलाई सचेतना अपनाउन अपिल गरे। मन्त्रिपरिषदका निर्णयसार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गरे। दशैं, तिहार र छठजस्ता चाडपर्वमा भीडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *