२०८१ वैशाख १६ गते | 28th of April 2024

मंगलवार देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २७ गते १५:१५

काठमाडौं – आज काठमाडौ उपत्यकामा २ हजार एक सय २९ सहित देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयको प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले आज देशका विभिन्न प्रयोगशालामा १५ हजार ५ सय ७७ जनामा परिक्षण गर्दा १ हजार २ सय ३३ महिला र २ हजार ३ सय २३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिनुभयो । यो सँगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या एक लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

यस्तै आज काठमाडौमा एक हजार ७ सय ४६, ललितपुरमा २ सय १६ र भक्तपुरमा एक सय ६७ सहित काठमाडौ उपत्यकामा २ हजार एक सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रा.डा गौतमले जानकारी दिनुभयो । आज थप १ हजार ५ सय ३ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ । कोरोना संक्रमणका कारण आज थप १८ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमण पछि मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार आज देशभर ७६ जिल्लामा ३५ हजार ९ सय १५ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा र १५ हजार ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । गम्भीर लक्षण भएका ३ सय ७ जनाको आइ.सी.यू र ६६ जनाको भेण्टिलेटरमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ । यस्तै, मन्त्रालयले कोरोना एन्टीजीन परिक्षणका लागि १ हजार शुल्क तोकिएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति प्राप्त प्रयोगशालामा एन्टीजीन परिक्षण गर्न सकिने र स्वास्थ्य सेवा विभागले स्वीकृत गरेका किटहरु मात्र प्रयोग गर्नुपर्ने जानकारी दिनुभयो ।प्रा. डा गौतमले यसरी परीक्षण पश्चात पोजेटिभ रिर्पोट आएमा काठमाडौ उपत्यकाको हकमा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई नतिजा जानकारी गराउनुपर्ने समेत जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *