२०८१ वैशाख १९ गते | 1st of May 2024

उपत्यकामा प्रत्येक दिन १५ सय बढि संक्रमित थपिदै

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक २ गते १४:१२
काठमाडौँ -उपत्यकामा आज थप एक हजार ६९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप एक हजार ६९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित हुनेहरूमा काठमाडौँमा एक हजार ४६९ जना, ललितपुरमा १३० जना, र भक्तपुरमा ९९ जना गरी आज उपत्यकामा थप एक हजार ६९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
त्यसै गरी आज देशभर दुई हजार ९४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३२ हजार २४६ पुगेको छ ।
त्यस्तै देशभर आज तीन हजार ३२६ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ९२ हजार १६६ जना पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *