२०८१ वैशाख १९ गते | 1st of May 2024

कोरोना परिक्षण शुल्क अव सरकारले नवेहोर्ने

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक २ गते १४:१८

काठमाडौं –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक विपन्न, अशक्त, जोखिम क्षेत्रमा कार्यारत बाहेकका व्यक्तिहरुले व्यक्तिगत खर्चमा कोरोनो संक्रमणको परिक्षण तथा उपचार गर्नुपर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा गौतमले आर्थिक विपन्न, अशक्त, असाहाय, अपाङ्गता भएका व्यक्ति, एकल महिला, जेष्ठ नागरिक, अग्रपंतिमा कार्यारत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाई कर्मचारी र जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको संक्रमणको परिक्षण तथा उपचार निशुल्क गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यी बाहेकका सबै व्यक्तिले कोरोना संक्रमणको लक्षण तथा चिन्ह देखिएमा परिक्षण वा उपचार स्वयंम व्यक्तिगत खर्चमा गर्ने गरी निर्णय भएको प्रा.डा गौतमले जानकारी दिनुभयो । प्रा.डा गौतमले कोरोना स्वास्थ्य विमा गरेका व्यक्तिहरुको हकमा विमा रकमबाट परिक्षण र उपचार हुने तथा भएका निर्णयहरु आजैदेखि सवै सरकारी तथा गैर सरकारी अस्पतालहरुमा लागू हुने समेत जानकारी दिनुभयो ।

यस्तै मन्त्रालयले कोभिड अस्पतालका फार्मेसीहरुबाट रेम्डेसिविर औषधि विक्रि वितरण सुरु गरिएको जनाएको छ । कोरोना संक्रमणको उपचारका लागि रेम्डेसिविर औषधि कोभिड अस्पतालका रुपमा सुचिकृत अस्पतालका फार्मेसीहरुबाट विक्रि वितरण गर्ने व्यवस्था मिलाईएको मन्त्रालयका प्रा.डा गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *