२०८१ असोज ४ गते | 20th of September 2024

विराटनगर महानगरपालिकाको मेयर र उपमेयर दुबैमा काँग्रेस विजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २५ गते १७:१७

विराटनगर २५ असार । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ । गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनोदकुमार ढकालले १७ हजार ३२२ मत प्राप्त गरेकी छिन् ।तेस्रो स्थानमा रहनुभएका सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्की २० हजार १४६ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का नमिता न्यौपानेले ११ हजार ५२४ मत प्राप्त गर्नुभएको छ । नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५३६ मत प्राप्त गरेका थिए । उन्नाइसवटा वडा रहेको विराटनगर महानगरपालिकामा काँग्रेसले १, ३, ४, ७, ८, ९ र १६ वडा गरी सातवटा अध्यक्षलगायत सदस्य पदमा समूहगत रुपमा र वडा नं १९मा काँग्रेसका विद्रोेही समूहले जितेको छ ।

सङ्घीय समाजवादी फोरमले १२, १३, १४, १५,१७ र १८ गरी छवटा वडामा, नेकपा ९एमाले०ले २, ५ र ११ गरी तीनवटा वडा र माओवादी केन्द्रले वडा नं ६मा जित हात पारेको छ भने वडा नं १०मा स्वतन्त्रले जित हात पारेको छ ।

उक्त निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि एमालेले नेपाल लोकतान्त्रिक फोरमसँग र सङ्घीय समाजवादी फोरम नेपालले माओवादी केन्द्रसँग तालमेल गरेको थियो ।

विराटनगर–३ को पोखरिया निवासी ४४ वर्षीय भीम पराजुली काँग्रेसको नगर सभापति हुनुहुन्छ । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उहाँ महेन्द्र मोरङ कलेजको स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घबाट २०५५ सालमा सदस्य, २०५७ सालमा कोषाध्यक्ष, २०५९ सालमा सचिव र २०६१ सालको निर्वाचनमा स्ववियुको सभापतिमा निर्वाचित भएका थिए ।

12 thoughts on “विराटनगर महानगरपालिकाको मेयर र उपमेयर दुबैमा काँग्रेस विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *