२०८१ वैशाख १९ गते | 1st of May 2024

उपत्यकामा  सोमवार   थप २  हजार ३८८ जनामा कोरोना संक्रमित  थपिए

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक ३ गते १४:२२
काठमाडौँ – उपत्यकामा  सोमवार   थप २  हजार ३८८ जनामा कोरोना संक्रमित  थपिएका छन  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको  नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ताडा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप दुई हजार ३८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेहरूमा काठमाडौँमा दुई हजार आठ जना, ललितपुरमा दुई सय ८१ जना, र भक्तपुरमा ९९ जना गरी आज उपत्यकामा थप दुई हजार ३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
त्यसै गरी आज देशभर तीन हजार ७९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेको छ ।
त्यस्तै आज देशभर दुई हजार ३३५ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ९४ हजार पाँच सय १ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो । त्यस्तै २४ घण्टामा देशभर १८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको कुल सख्या सात सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *