२०८१ वैशाख १८ गते | 30th of April 2024

२४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक ५ गते १४:४१

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमाले २० हजार ७ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ सहित देशभर ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

काठमाडौंमा २ हजार ३ सय ९१, ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जना नयाँ संक्रमित थपिएका छन यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थप २ हजार ९ सय ९६ जना संक्रमण मुक्त भएको र संक्रमण मुक्त हुने दर ६८.७ प्रतिशत रहेको प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता प्रा. डा. गौतमले आज सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको र सक्रिय संक्रमित मध्ये १४ हजार ६ सय ७६ जना संस्थागत आइसोलेसन र २९ हजार ८ सय जना होम आइसोलेसनमा रहेको बताउनुभयो । गम्भिर लक्षण भएका २ सय ६९ जनाको आइसीयु र ८७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमणबाट आज थप २६ जनाको मृत्यु भएसंगै कोरोना संक्रमणपछि मृत्यु हुनेको कूल संख्या ७ सय ९१ पुगेको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणमा सबैलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।

आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयलका प्रवक्ता प्रा.डा. गौतमले कोरोना रोकथाम र नियन्त्रणमा मन्त्रालयबाट भएका निर्णयहरूलाईकतिपय सञ्चार माध्यमले अपव्याख्या गरी भ्रामक समाचार प्रसारण गरेकाले मन्त्रालयबाट भएका निर्णयहरूलाई गलत ढंगले प्रशारण प्रकाशन नगर्न आग्रह गर्नुभयो ।दशै विदामा समेत सबै कोभिड अस्पताल र प्रयोगशाला आवश्यकता अनुसार सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *