२०८१ वैशाख १९ गते | 1st of May 2024

कांग्रेस नेता भण्डारीद्दारा काठमान्डौं-३ का सबै वडालाई राहत वितरण

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक ६ गते १७:१२

काठमाडौं – नेपाली कांग्रेसका महासमिती सदस्य, एनआरएनए सल्लाहकार तथा अमेरिकन नेपाली समाजसेवी कांग्रेस युवा नेता हरिबोल भण्डारीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को सबै वडामा कोरोना महामारीको समयमा समस्यामा परेकाहरुलाई ९ लाख ७५ हजार रुपैयां रकम राहत स्वरुप वितरण गरेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का १३ वटै वडाभित्र रहेका बिपन्न परिवारलाई छनोट गरि रकम प्रति वडा ७५ हजार रुपैयांका दरले भन्डारीले सहयोग रकम प्रदान गराएका छन ।

सोमबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सन्तोष चालिसे लगायत उक्त क्षेत्रका पदाधिकारीहरुको भेलाले कांग्रेस वडाका इकाई सभापति मार्फत सो राहत हस्तान्तरण गरिएको हो ।

भण्डारीले अहिले कोभिडका कारण अप्ठ्यारोमा परेका विपन्न व्यक्तिहरुलाई दशैमा सानो भएपनि सहयोग पुगोस् भनेर उक्त राहत सहयोग गरिएको बताए । ‘दशैका मुखमा मेरो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई सानो भए पनि राहत पुगोस भनेर १३ वटै वडालाई ७५ हजार रुपैयाका दरले सहयो गरेको हुँ’, भण्डारीले बताए ।

नेपाल तरुण दलका पूर्व केन्द्रिय सदस्य समेत रहेका भण्डारी अमेरिका बसेर पनि नेपालमा हुने सबै खालका विपत्तीका सहयोग गर्दै आएका छन् ।
उनले भूकम्पको चपेटामा परेका बेला विभिन्न क्षेत्रमा ठूलो रकम सहयोग गरेका थिए ।

भण्डारीले अमेरिकाबाट पठाएको राहत वितरण कार्यक्रममा क्षेत्रीय सभापति तथा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, जिल्ला कोषाध्यक्ष गोबिन्द पुडासैनी, प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा, महाधिवेशन प्रतिनिधि दिपक रिसाल, दुर्गा बराल र राजु सुनार लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *