२०८१ जेठ ८ गते | 21st of May 2024

एकता समाजका अध्यक्ष प्रकाशचन्द्र घिमिरेको उपचारका लागि अनुरोध

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक ७ गते १७:२०

लस एन्जलस – बिगत लामो समयदेखि लस एन्जलसमा रहंदै आएका नेपाल अमेरिका एकता समाजका अध्यक्ष प्रकाशचन्द्र घिमिरेलाई अकास्मात पेटको क्यान्सर देखिएकोले उहांको उपचार र जीवन बचाउका लागि याचना गर्दछौं । लस एन्जलस नेपाली समुदायको उत्थानको लागि करिब २० बर्षदेखी साहित्य, समाजसेवा र खटाईमा लागेका अध्यक्ष घिमिरेलाई ढाडमा समस्या देखिएपछी डाक्टरकोमा समस्या देखाउन जांदा गत हप्ता अचानक पेटको क्यान्सरको भयानक अवस्था देखिएको थियो ।

नेपाल अमेरिकाका एकता समाजका कार्यवाहक अध्यक्ष नबिन पोखरेलकानुसार पेटको क्यान्सरले जीवनको अन्तिम अवस्थामा रहेका घिमिरे नेपालमा रहेकी आफ्नो परिवार र श्रीमतीको साथमा रहेर बांकी जीवन गुजार्न नेपाल पुगेका छन । हिजो नेपाल पुगेका घिमिरे क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना भएका छन भने भोलीदेखी उनको किमो शुरु गरिने कार्यवाहक अध्यक्ष पोखरेलले बताए ।

लस एन्जलसमा सकृय साहित्य समाज, पशुपती फाउन्डेशन लगायत हरेक संस्थाको नेत्रित्व गरिसकेका मिलनसार घिमिरेले अमेरिकाको बसाईमा शायदै कसैको दिल दुखाए ! जिन्दगीमा ‘नो’ भन्न नजानेका यि सर्वप्रिय घिमिरेको जीवन रक्षाको लागि बिशेषत: नेपाली समुदायको हरेक समस्यामा सदैब एक हुने लस एन्जलसको भूमिका ठुलो हुनेछ । भलाई विश्वभर यी प्यारआ घिमिरेलाई चिन्ने मान्छेहरु छन । साहित्य र सेवकआ लागि उनी संसार घुमेका छन तर उनी बिशेषत: लस एन्जलसका परिवार हुन । एउटा पारिवारिक सदस्यको समस्यामा मल्हम लगाउन लस एन्जलस नेपाली समुदाय अभिभावक बन्नै पर्दछ । यो सबैले भोली हेरिने बिषय हुनेछ ।

प्रकाशचन्द्र घिमिरेले साहित्यमा मसी सके, झापाली समाजमा आफ्न समय खर्चे, पशुपतिनाथ मन्दिरमा ईट्टा हाले, एकता समाजमा एकताको सन्देश ल्याउने काम गरे । आफ्नो आधा जीवन लस एन्जलस नेपाली समुदायको सेवामा खर्चिएका प्रिय घिमिरेको क्यान्सर रोगको उपचारको लागि लस एन्जलस नेपाली समुदायले आफ्नो एक छाक कटाएर सहयोग गरोस् । भगवानको अनुकम्पाले उनी बांचेर फेरी तपाईंं हाम्रै साथमा रम्न लस एन्जलस आउनेछन ।

हाम्रो सहयोग र पुकाराले उनले नयाँ जीवन पाउनेछन । श्रीपशुपतिनाथ फाउन्डेशनमा उनले बगाएको पसिनाले श्रीपशुपतिनाथले उनलाई बचाउने छन ।

कोरोना कहरमा आफुले खाने ‘लेबल’ र ‘ब्राण्ड’ को मात्रा घटाएर दशैंको मुखमा स्वदेशमा मृत्‍युशैयामा रहेका तपाई हाम्रा प्यारा प्रकाशचन्द्र घिमिरेको सहयोगको लागि दश औंला जोडेर यचान गर्दछौं ।

घिमिरेको दु:खमा मल्हम लगाउनका लागि ‘गोफन्ड’ खोलिएको कार्यवाहक अध्यक्ष पोखरेलले जनाएका छन । दशैंको यो घडीमा घिमिरेप्रती परेको यो बिलखबन्दनमा सहयोगको लागि संसारभर रहनुभएका नेपालीजनमा पोखरेलले हार्दिक अनुरोध गरेका छन ।

कृपया घिमिरेको सहयोगको लागि यहाँ क्लिक गर्नुहोला :

Leave a Reply

Your email address will not be published. Required fields are marked *