२०८१ वैशाख २१ गते | 3rd of May 2024

पुष्पाको ‘माया केवल माया’ सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक ८ गते १०:०७

लस एञ्जलस, कार्तिक ८ गते । खुल्लामञ्च नेपाल सम्पादक पुष्पा खनालको गीत ‘माया केवल माया’ सार्वजनिक भएको छ ।

आफ्नो जन्मदिनको अवसरमा गीतकार खनालले आफ्नै युट्युव च्यानल मार्फत् गीत सार्वजनिक गरेकी हुन् । यस गीतलाई सरोज कोइराला र अञ्जु पन्तले गाएका छन् । गीतको सङ्गीत सरोज आफैँले भरेका हुन् भने गोविन्दमधुर आचार्यले सङ्गीत संयोजन गरेका छन् । गीतको मिक्सिङ सन्तोष पौडेलले गरेका हुन् ।

गीतको भिडियोमा नायक तथा मोडल श्रीदेव भट्टराई र मिस आर्यन ममता चापागाईँ तथा चर्चित गीतकार, सञ्चारकर्मी लोकराज अधिकारीको अभिनय रहेको छ ।

म्युजिक भिडियोको निर्देशन हेम प्रभासले गरेका हुन् भने अजय रेग्मीको समूहले म्युजिक भिडियोको छायाङ्कन गरेको हो । म्युजिक भिडियोको सम्पादन सन्तोष दवाडीले गरेका हुन् ।

गीतकार खनालका अञ्जु पन्त नरेन्द्र प्यासीले गाएको सुनेँ तिम्रो खुशी, सरोज कोइरालाले गाएको यो आँखाको पानीलाई तथा विन्दु परियारले गाएको आमा गीत निकै चर्चामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *