२०८१ वैशाख २१ गते | 3rd of May 2024

काठमाडौ उपत्यकामा मात्र २० हजार बढि सक्रिय संक्रमित

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १३ गते १२:४९

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६१५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७०४ महिला र ९११ पुरुष रहेका छन् ।  काठमाडौंमा मात्र हालसम्म १६ हजार ५२१ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २०९ जनाको मृत्यु भएको छ । त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ७५ जना सक्रिय संक्रमित रहेका छन् भने ६१ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ४७० सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा २० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार ३६३ जना होम आइसोलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *