२०८२ फागुन १९ गते | 3rd of March 2026

सांसदहरुलाई सुधारिएको लोगो वितरण सुरू

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १३ गते १३:३०

काठमाडौ –  संघीय संसद सचिवालयले सांसदहरुलाई सुधारिएको लोगो वितरण सुरू गरेको छ।  गत साउन अन्तिममा नयाँ लोगो सार्वजनिक भए लगत्तै नक्साको स्वरूप नमिलेको पाइएपछि विरोध भएको थियो। सुनको जलपयुक्त लोगोमा झण्डाको रंग समेत लतपत थियो। लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको थियो। विवादमा परेपछि उद्योगले नि:शुल्क लोगो परिवर्तन गरिदिएको हो।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ। लोगोको डिजाइन टेकवीर मुखियाले गरेका हुन्। प्रति लोगोमा सचिवालयले ५ हजार ५ सय २७ रुपैयाँ खर्च गरेको थियो। संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांसदहरुले नयाँ लोगो प्रयोग गर्न थालेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *