२०८२ असोज ७ गते | 23rd of September 2025

कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो, महाधिवेशनको मिति सार्ने तयारी

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १३ गते १३:३६

काठमाडौ-  नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। कात्तिक २१ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ। कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ।कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम प्रभावित भएपछि कांग्रेसले महाधिवेशनको मिति सार्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *