२०८२ वैशाख ७ गते | 20th of April 2025

बिरोध पछि निर्णयवाट पछि हटयो सरकार ,संक्रमितको उपचारमा धरौटी रकम नलिन सबै सरकारी अस्पतालहरूलाई निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १६ गते १३:४२

काठमाडौं –  व्यापक बिरोध पछि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा धरौटी रकम नलिन सबै सरकारी अस्पतालहरूलाई निर्देशन दिएको छ ।   मन्त्रालयको   प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता  डा. जागेश्वर गौतमले कोरोनाको उपचारमा बिरामीसँग धरौटी रकम नलिन र तिर्न सक्ने बिरामीसँग मात्रै उपचार शूल्क लिन निर्देशन दिएको बताउनुभयो । यस अघि कोरोना संक्रमितको अवस्था हेरि सरकारी अस्पतालले नै उपचार वापतको महंगो शूल्क सार्वजनिक गरेका थिए ।

प्रवक्ता  डा. गौतमले कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका विरामीको अनुगमन, व्यवस्थापन तथा थप उपचारका लागि अस्पतालहरुमा रिफर गर्ने जिम्मेवारी स्थानीय पालिकाहरूको भएको हुनाले सोही अनुसार व्यवस्था मिलाउन सबै पालिकाहरूलाई अनुरोध समेत गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *