२०८१ वैशाख २४ गते | 6th of May 2024

आईतवार  थप ३ हजार ६ सय २० जना संक्रमण मुक्त, ३७ हजार ७ सय ६५ जना कोरोना भाइरसका सक्रिय संक्रमित

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १६ गते १३:५०

काठमाडौं –   आईतवार  थप ३ हजार ६ सय २० जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको  प्रेस विफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज थप ३ हजार ६ सय २० जना कोरोना संक्रमण मुक्त भएको जानकारी दिनुभयो । यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।

आज सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ७७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।यसैगरी कोरोना भाइरसबाट आज थप २ हजार ८ सय २४ जना संक्रमित भएका छन् ।आज १३ हजार २३ वटा नमूनाको पिसिआर परीक्षण गर्दा काठमाडौ उपत्यकामा १ हजार ६ सय २२ जना सहित देश भर बाट थप २ हजार ८ सय २४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो । आज थपिएका संक्रमित सहित नेपालमा हाल सम्म जम्मा १ लाख ७३ हजार ५ सय ६७ जनमा संक्रमण पुष्टि भइसकेको छ । नेपालमा  ३७ हजार ७ सय ६५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये ३० हजार ९ सय ८६ जना होम आइसोलेसनमा रहेका छन भने बाँकी विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।यस्तै कोरोना भाइरस संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ ।यो संगै नेपालमा हाल सम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ सय ६० पुगेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *