२०८१ वैशाख २३ गते | 5th of May 2024

फुटको संघारमा नेकपा

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १६ गते १४:०४

काठमाडौं –  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)फुटको संघारमा पुगेको छ । नेकपाका महासचिव एंव अर्थमन्त्री बिष्णु पौडेलले आज सामाजीक संजाल टुईटर मार्फत नेकपाको एकिकरण धरापमा पर्न लागेको भन्दै सहयोगको लागि सदस्यहरुलाई आग्रह गरेपछि नेकपामा भित्र भित्रै लागेको आगो वाहिर आएको हो । यस अघि पनि दुवै अध्यक्षकोमा छुटाछुटै गोप्य बैठकहरु हुदै आएका छन ।

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटार बैठकमा पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका छन् ।आइतबार बिहान ११ बजे पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासहितको बैठक बसेको थियो । बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको मनशाय पार्टी अलगअलग जाने भन्ने रहेको ब्रिफिङ गरेको एक सदस्यले बताए ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच हिजो दिउँसो सवा १ बजे बालुवाटारमा भेटवार्ता भएको थियो । छलफल तिक्ततामा परिणत भएको प्रचण्डले ब्रिफिङ गरेका थिए ।  बैठकमा सहभागी नेताहरूले पार्टी फुटाउनुहुँदैन भनेर जोड दिएको ती नेताको भनाइ छ । पार्टीको निर्णय सबैले मान्नुपर्ने र पार्टी एकता बचाउनुपर्ने दायित्व सबैले लिनुपर्ने धारणा राखेको सचिवालय सदस्य बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *