२०८१ वैशाख २३ गते | 5th of May 2024

२४ घण्टामा २,९३३ जना कोरोनाभाइरस सङ्क्रमित थपिए

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १७ गते १३:३७

   काठमाडौ – नेपालमा विगत २४ घण्टामा २,९३३ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। उक्त अवधिमा कोभिड-१९ का कारण २४ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेको कूल सङ्ख्या ९८४ पुगेको बताइएको छ। सो अवधिमा १३,४४६ पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्याङ्क छ। सङ्क्रमितमध्ये १,१७६ जना महिला हुन्।हालसम्म नेपालमा एक लाख ७६ हजार पाँच सयमा सङ्क्रमण पुष्टि भएको छ भने एक लाख ३७ हजार नौ सय ९२ जना सङ्क्रमणमुक्त भएका छन्।  गत २४ घण्टामा ३,१५० जना सङ्क्रमणमुक्त भएका छन्।

सोमवार सक्रिय सङ्क्रमितको सङ्ख्या ३७,५२४ छ। सोमवार थपिएको सङ्क्रमितमध्ये काठमाण्डूका १,३२९, भक्तपुरका १०८ र ललितपुरका १९३ गरी उपत्यकाका १,६३० जना छन्।प्रदेश अनुसार वागमती प्रदेशमा २,००३ जना, प्रदेश नं १ मा ४४१ जना, लुम्बिनी प्रदेशमा २७९ जना, गण्डकी प्रदेशमा २५५ जना, प्रदेश नं २ मा १०४ जना, सुदूरपश्चिम प्रदेशमा ५० र कर्णाली प्रदेशमा १३ जना सङ्क्रमित थपिएका छन्।

त्यस्तै चितवनमा १६८, कास्कीमा १२७, रुपन्देहीमा १४६, सुनसरीमा ८५, दाङमा ६४ र झापामा ६० जना सङ्क्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *