२०८१ वैशाख २२ गते | 4th of May 2024

को बन्ला आगामी राष्ट्रपति ? , वाइडेन को अग्रता कायमै

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १९ गते ६:२०

अमेरिका -अमेरिकामा राष्ट्रपति पदको ऐतिहासिक निर्वाचन सम्पन्न भएको छ र अधिकाँश स्थानमा मतगणना पनि भइरहेको छ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो वाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।अमेरिकाका ५० वटै राज्य र डिष्ट्रिक अफ कोलम्वियामा शान्तिपूर्ण रुपमानिर्वाचन सम्पन्नभएको समाचार सञ्चार माध्यमले जनाएका छन् ।

अहिले २२३- इलेक्टोरल मतका साथ जो वाइडेनले अग्रता लिइरहनुभएको छ भने ट्रम्पले २०४ इलेक्टोरल मतले पछ्याइरहनुभएको छ ।विश्वभरका मानिसहरुको प्रतीक्षाका साथ हेरिएको चार वर्षे कार्यकालका लागि सम्पन्न योे निर्वाचनमा सन् १९०८ पछि अधिक प्रतिशतमत खसेको यो पहिलो पटक हो ।कतिपय स्थानमा मतदान भइरहेको र कतिपय स्थानमामत गणना जारी रहेको हुँदा कति मत खस्यो भनेर भन्न सक्ने स्थिति बनेको छैन तथापि ६६ प्रतिशतको हाराहारीमामत खसेको सर्वेक्षणले जनाएको छ । कोभिडका कारण यसपटक करिब १० करोड मानिसले हुलाक मार्फत अग्रिम मतदान गरेका थिए ।अमेरिकी समय अनुसार, मंगलवार राति साढे ११ बजेसम्मको मतगणनामा दुवै उम्मेदवारले स्पष्ट अग्रता हासिल गर्न सक्नुभएको छैन ।

राष्ट्रपति निर्वाचित हुनकालागि कुल ५३८ इलेक्टोरल मतमध्ये आधाभन्दा बढी अर्थात् २७० इलेक्टोरल मत आवश्यक पर्छ ।केही युद्धभूमिका रुपमाचर्चा रहेका नर्थ क्यारोलिना, मिसिगन, जर्जिया, पेन्सिलभेनिया, एरिजोना, ओहायोमा राष्ट्रपति ट्रम्पले अग्रता लिइरहनु भएकोले परिणाम अझै के कसो होलाभन्न सक्ने स्थिति छैन ।ट्रम्पले चुनाबजित्नुभयो भने यो दोस्रो कार्यकालहुनेछ भने वाइडेनले जितेको खण्डमा उहाँ अमेरिकाकै इतिहासमा सर्वाधिक ज्येष्ठ राष्ट्रपति हुनुहुनेछ ।यसैबीच, अमेरिकी मतदाताले राष्ट्रपति वाहेक तल्लो सदनका सदस्य, माथिल्लो सदनकासिनेटर र गभर्नरको पनि निर्वाचनमा सहभागिता जनाएका छन् । छ वर्षदेखि सिनेटमा वर्चस्व लिँदै आएको रिपब्लिकनलाइ विस्थापन गर्न डेमोक्रेटिक पार्टीलाई राष्ट्रपति सहित तीनजना सिनेटरको आवश्यकता पर्दछ भने हाउसमा रिपब्लिकनलाई वहुमतलिनकालागि २० जनातल्लो सदनका सदस्यको आवश्यकता पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *