२०८२ मंसिर २९ गते | 14th of December 2025

डेमोक्र्याटहरूले धाँधली गर्न लागेको ट्रम्पको आरोप

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १९ गते ६:२९

अमेरिका-  अमेरिकामा  मतगणना जारी रहेका बेला दुबै उम्मेदवारले सार्वजनिक प्रतिक्रिया दिएका छन्। बाइडेनले समर्थकहरूलाई सम्बोधन गरेका छन् भने ट्रम्पले ट्विटबाट धारणा सार्वजनिक गरेका छन्।

ट्रम्पले केही समयपछि सम्बोधन गर्ने जानकारी दिएका छन्। समर्थकलाई सम्बोधन गर्दै बाइडेनले आफूहरू जिततर्फ अग्रसर भएको उल्लेख गर्दै धैर्यता राख्न अनुरोध गरेका छन्।  उनले आफूहरूले पेन्सिलभेनियामा पनि अन्तिममा जित्ने दाबी गरे।

उता ट्रम्पले पनि आफूले विशाल जित हासिल गर्न लागेको बताएका छन्। तर डेमोक्र्याटहरूले धाँधली गर्न लागेको उनको आरोप छ। ‘उनीहरूले गलत तरिकाले चुनावलाई प्रभाव पार्न खोजेका छन्, त्यस्तो हुन दिइने छैन। मतदान स्थल बन्द भएपछि भोट हाल्न पाइँदैन,’ उनले लेखेका छन्। मतगणना जारी छ। यो पालि धेरै मानिसले हुलाकबाट मतदान गरेकाले अन्तिम औपचारिक नतिजा आउने केही दिन अझै लाग्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *