२०८१ वैशाख २४ गते | 6th of May 2024

आफूले राजिनामा दिए देश बर्बादी तर्फ जाने : प्रधानमन्त्री ओली

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १९ गते १४:२८

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री पदबाट राजिनामा नदिने स्पष्ट पार्नु भएको छ । प्रधानमन्त्री ओलीले आज मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । अहिले आफूले राजिनामा दिए देश बर्बादी तर्फ जाने उहाँले बताउनुभयो । आफनो लागि भन्दा देशको लागि राजिनामा दिन नमिल्ने बताउनुभयो ।

आफू यस ठाउँमा आएको आफनो रहरले भन्दा पनि जनताको व्यापक जनसमर्थनले आएको बताउदै सरकार फेरबदल हुन्छ भनेर कसैको कुरा नसुनी निर्धक्क भएर काम गर्न सवैलाई आग्रह गर्नुभयो । जे कुरामा पनि आलोचना गर्ने प्रवृत्ति देखा परेको भन्दै त्यसबाट विचलित नहुन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । एक थरी मानिसहरुको अस्थिरताको खेती गरिरहने देशलाई अस्थिरताको तर्फ धकेल्ने काम भईरहेको समेत बताउनुभयो ।

बर्तमान सरकार स्थिरताको लागि काम गर्ने स्थितरता विकासको लागि र जनताको जिवनमा परिवर्तनको लागि भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । सार्थैै प्रधानमन्त्री ओलीले आफैंले शिलान्यास गरेको तीन बर्ष नपुग्दै मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्न पाउंदा खुशी लागेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *