२०८१ वैशाख २४ गते | 6th of May 2024

बालुवाटारमा ओली र प्रचण्ड समुहको चर्का चर्की ,ओली बैठक बोलाउन तयार भएनन

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक २२ गते १०:२६

काठमाडौं –   शुक्रवार अध्यक्ष प्रचण्डको अध्यक्षतामा वसेको नेकपा सचिवालयको अनोैपचारिक बैठकको निर्णय अनुसार शनिवार सचिवालय बैठकको आग्रहका लागि पुगेका सचिवालयका पाँच सदस्य र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच चर्काचर्की परेको छ ।

बैठकमा सहभागी नेताहरुका अनुसार ओली बैठक बोलाउन तयार नभएपछि चर्काचर्की परेको हो ।“तपाईँहरु गुटबन्दी गर्दै हिँड्नुभएको छ,” ओलीको जवाफ थियो, “अहिले केका लागि बैठक बोलाउने ? मैले बैठक बोलाउँदिनँ ।” एक नेताले दिएको जानकारीअनुसार ओलीले धुम्बाराही र पेरिसडाँडामा बसेर गुटबन्दी गरिरहेको बताएका थिए । पाँचजना सचिवालय सदस्यहरुले औपचारिकरुपमा नै लिखित पत्र बुझाएका थिए । त्यसअघि धुम्बाराहीमा बिहान दुईघण्टा छलफल गरेर नेताहरु बालुवाटार पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *