अमेरिका – गत निर्वाचन बखत विवादित २०९३ मतको छानबिन गर्न एनआरएन आईसिसीले छानबिन समिती बनाएर कार्य सम्पादन गर्न निर्देशन दिएको बेला एनआरएनए अमेरिकाले आगामी निर्वाचनका लागि ध्यान केन्द्रित गरेर अमेरिकामा सदस्यता वितरण थालेको कार्यप्रती आपत्ती प्रकट गरेको छ । आईसिसीले एनआरएनएको सांगठानिक संरचनामा परिवर्तन गरी नयां ढंगले अघि बढ्ने निर्देशन दिईरहेको र एनसिसीले सदस्यता वितरण प्रकृया नगरन वा नगराउन बताईरहेको बेला केन्द्रको आदेश नमानी आफ्नो ढंगले एनआरएनए अमेरिका अघि बढे ‘संस्था खारेजी गर्ने सकिने’ चेतावनी दिएको छ ।
अक्टोबर १३ तारिख एनआरएन आईसिसीका महासचिव डा. हेमराज शर्माले हरेक एनसिसीहरुलाई सचिवालय बैठकको निर्णयनुसार परिपत्र पठाउंदै तत्कालका लागि पज्निक्रित सदस्यता वितरण कार्य स्थगित गर्न निर्देशन दिएका थिए । महासचिव डा. शर्माद्दारा जारी गरिएको परिपत्रमा ‘अनलाईन मार्फत गैर आवसीय नेपाली संघको विशेष अधिवेशन गरिने र सो कुराको लागि परराष्ट्र मन्त्रालय सकरात्मक रहेको’ जानकारी गराईएको थियो । 
एनआरएन अब ‘स्मार्ट एनआरएन प्रोजेक्ट’ तर्फ उन्मुख रहेको र त्यसै प्रोजेक्ट अन्तर्गतको नयाँ प्रकृया अहिले परिक्षणको चरणमा रहेकाले ‘अर्को सुचना जारी नभएसम्मका लागि सबै एनसिसीहरुले आफ्न मुलुकका पन्जिक्रित सदस्यता वितरण स्थगित गर्न’ परिपत्रमा निर्देशन दिईएको थियो । स्मरणीय छ, एनआरएन आईसीसीका सचिव गौरीराज जोशीको संयोजकत्वमा ‘स्मार्ट एनआरएन प्रोजेक्ट’ शुरु भएको थियो ।
तर यता एनआरएनए अमेरिका आईसिसीको विधानको ब्यवस्था र अमेरिकाको कानुनका कारण ‘सदस्यता वितरण स्थगन गर्न नमिल्ने कुरा आईसिसीलाई जानकारी गराउंदै आईसीसीको निर्देशन मान्न नसकिने’ जनाईएको छ । तर आईसिसीले भने आफ्नो निर्देशन एनआरएनए अमेरिकाले उल्लंघन गरेको भन्दै ‘अटेर गरे’ एनसिसी अमेरिका खारेज गर्ने चेतावनी दिएको छ ।
स्मरणीय छ, एनआरएन आईसिसीले एनआरएनए अमेरिकाको गत निर्वाचनमा विवादित सदस्यता संख्याको बारेमा छानबिन गर्न एनआरएन अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजकत्वमा छानबिन समितीको गठन गरेको छ ।