काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुुई अध्यक्षबीचको कार्यविभाजनमा अर्का अध्यक्ष ओलीले हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गरेको बताएका छन् ।ओलीलाई लेखेको दोस्रो पत्रमा उनले भनेका छन्, ‘दुुई अध्यक्षबीचको कार्यविभाजनको सन्दर्भमा तपाईंले जहिले पनि हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गर्दै आएको कुराले मलाई निकै ठूलो पीडा र अपमानबोध गराएको छ । पार्टी एकताको बेलाको समान हैसियत, आलोपालो अध्यक्षता र आलोपालो सरकार समेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छोड्दै गएँ । तर, मैले जति त्याग गर्यो तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो ।’
कात्तिक २५ गते प्रधानन्त्री ओलीले प्रचण्डलाई १० पृष्ठ लामो पत्र लेखेपछि त्यसको तीनदिनपछि शुक्रबार प्रचण्डले ओलीलाई ७ पृष्ठको पत्र लेखेका छन् ।कात्तिक २२ गते प्रचण्डसहित सचिवालयका ५ नेताले बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई बैठक माग गर्दै दुईपृष्ठको पत्र बुझाएका थिए । सोही पत्रको जवाफमा ओलीले २५ गते प्रचण्डलाई पत्र लेखेका हुन् ।