२०८२ जेठ १ गते | 14th of May 2025

काठमाडौं आएका भारतीय विदेश सचिव श्रींगला राजनीतिक भेटवार्तामा ब्यस्त

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर ११ गते १३:५४

काठमाडौ -नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ  श्रींगलाले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। श्रींगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने छन्। यसअघि उनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेट गरेका थिए।

बिहीबार बिहान चार्टर्ड जहाजमा काठमाडौं आएका श्रींगलाले राजनीतिक भेटवार्ता सुरू गर्नुअघि परराष्ट्र सचिव भरतराज पौडेल नेतृत्वको टोलीसँग ‌बैठक गरेका थिए। उक्त बैठकमा दुई पक्षीय सहयोग र सहकार्यका धेरै विषयमा निकै फलदायी र उपयोगी छलफल भएको श्रींगलाले बताए। विदेश सचिव श्रींगला शुक्रबार गोरखा र मनाङ जाने कार्यक्रम छ भने उनले भोलि नै नेपाल-भारत सम्बन्धबारे सम्बोधन पनि गर्नेछन्।  उनी भोलि नै स्वदेश फर्कने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *