काठमाडौँ – नेपाल भ्रमणमा रहनु भएका चीनको राज्य परिषद् सदस्य तथा रक्षा मन्त्री वेइ फेङ्हे लाई नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारद अर्पण गरेको छ ।

रक्षा मन्त्री वेइ फेङ्हे र प्रधानसेनापति पूर्णचन्द्र थापाबिच अहिले द्विपक्षीय वार्ता भएको नेपाली सेनाले जनाएको छ ।
मन्त्री वेइ फेङ्ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।
मन्त्री वेइ आजै स्वदेश फर्कनुहुने छ ।