२०८१ जेठ ५ गते | 18th of May 2024

बन्द भएको नेपाल-भारत सिधा हवाई उडान खुला हुने

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर १६ गते १२:४५

काठमाडौ – लकडाउनका कारण बन्द भएको नेपाल-भारत सिधा हवाई उडान खुला हुने भएको छ। नेपाल सरकारले भारत  उडानका लागि अनुमति दिने निर्णय गरेको हो।

उडान अनुमतिको जानकारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत् भारत सरकारलाई जानकारी गराउने छ। मन्त्रालयले उडान खुला गर्ने र एयरलाइन्सलाई सेड्युल पेस गर्न आव्हान गर्नका लागि नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाइसकेको छ।

मन्त्रालयको पत्र आएको र अब एयरलाइन्सहरुलाई सेड्युल पेस गर्न निर्देशन दिइने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। नियमित उडान खुलेपछि नेपाल एयरलाइन्सले दैनिक एक उडानको अनुमति पाउने छ भने अरु एयरलाइन्सहरुको टुंगो लागेको छैन। काठमाडौंमा उडान गर्ने भारतले दुई महिना अघि नै प्रस्ताव पठाएको थियो।

नेपालले सिमित गन्तव्यमा उडान सुरु गरेपछि भारतीय पक्षले काठमाडौंमा पनि उडान गर्ने प्रस्ताव पठाएको थियो। भारतीय पक्षले नेपाल नागरिक उड्डयन प्राधिकरणमा निश्चित मापदण्डमा रहेर नियमित उडान गर्ने प्रस्ताव गरेको थियो। भारतले काठमाडौंमा हुने उडानमा भारतीय र नेपाली नागरिक मात्र यात्रा गर्न पाउने गरी उडान गर्न प्रस्ताव गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *