२०८१ जेठ ५ गते | 18th of May 2024

दुबै अध्यक्षका प्रस्ताव माथि औपचारिक र अनौपचारिक छलफललाई एकैसाथ अगाडि बढाउने निर्णय ,ओलीले सचिवालय बैठक नै नराख्न मंगलबार प्रस्ताव गरेपछि चर्काचर्की

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर १६ गते १२:५७

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले दुबै अध्यक्षका प्रस्ताव माथि औपचारिक र अनौपचारिक छलफललाई एकैसाथ अगाडि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यस अगाडिका बैठकमा आ–आफ्नो तर्फबाट प्रस्तुत गर्नुभएका प्रस्तावहरूमाथि नेताहरूबीच औपचारिक र अनौपचारिक दुवै माध्यमबाट छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएको नेपाल कम्युष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिनुभयो ।प्रवक्ता श्रेष्ठले प्रस्तावहरू माथिको औपचारिक छलफल आजबाट सुरू भएको र नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेको बताउनुभयो ।प्रवक्ता श्रेष्ठले पार्टी एकताको रक्षा गर्दै देखापरेका समस्याको समाधान खोज्ने दिशामा छलफल अगाडि बढाउने प्रयास भईरहेको बताउनुभयो ।सचिवालयको अर्को बैठक भोली दिउँसो १ बजे पुनः बस्ने छ ।

अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक नै नराख्न मंगलबार प्रस्ताव गरेपछि चर्काचर्की परेको थियो   । बैठकको सुरूमै प्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले बैठक राख्नुको औचित्य नभएको भन्दै बैठक नराख्न आग्रह गरेको स्रोतले जानकारी दियो ।
तर अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकको औचित्यताका बारेमा स्पष्ट पार्दै बैठक किन नराख्ने ? भन्दै प्रश्न गरेका थिए । दाहालको उक्त प्रस्तावमा महासचिव विष्णु पौडेलबाहेक बाँकी सबै सदस्यले सहमत जनाएका थिए । त्यसपछि मात्रै बैठक औपचारिकरुपमा सुरू भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *