२०८१ जेठ ५ गते | 18th of May 2024

सचिवालय बैठकमा ओलीनै उपस्थित भएनन

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर १७ गते १४:१०

काठमाडौ –  प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आजको सचिवालय बैठकमा अनुपस्थित भएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो सचिवालय बैठक बसे पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बैठकमा नआएका हुन्।

अध्यक्ष ओलीकै उपस्थितिमा पार्टीभित्र देखिएका संकटबारे छलफल गर्नु उपर्युक्त हुने बैठकको निष्कर्ष रहेको प्रवक्ता नारायणकाजी  श्रेष्ठको भनाइ छ ।  ‘आगामी बैठकमा अध्यक्ष ओलीको अनिवार्य उपस्थितिको अपेक्षासहित उहाँलाई बैठकमा आउन अनुरोध गर्ने निष्कर्षका साथ अब सचिवालयको बैठक मंसिर २० गते १ बजे र स्थायी कमिटी बैठक मंसिर २१ गते १ बजेदेखि सुरू हुने निर्णय गरिएको छ,’ प्रवक्ता श्रेष्ठले भने। यस्तै एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्रीसमेत रहेका ओलीलाई पार्टीभित्र देखिएका समस्या समाधानका लागि र बैठकमा उपस्थति हुन मंसिर २० गतेसम्म समय दिइएको छ। नेकपाभित्र पछिल्लो चरण अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्ध सुमधुर छैन।  कात्तिक २८ को सचिवालय बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावमाथि केन्द्रीत रहेर गत शनिबार  प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले जवाफी प्रस्ताव सचिवालयमा पेश गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *