२०८१ जेठ ५ गते | 18th of May 2024

काँग्रेसले सरकारको अधिनायकवादी स्वरुप बल्ल चाल पायो

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर १७ गते १४:५६

काठमाडौ- वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारी पछि  वर्तमान सरकारको अधिनायकवादी स्वरुप बल्ल प्रतिपक्षी काँग्रेसले चाल पाएको छ । बुधबार गृहजिल्ला तनहुँमा भएको प्रदर्शनका क्रममा निषेधाज्ञा उलंघनको आरोपमा पौडेललाई प्रहरीले पक्राउ  गरि केही घण्टा पछि छोडेको थियो ।  काँग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारीको विरोध गरेका छन् ।

यसबारे प्रतिक्रिया जनाउँदै देउवाले घटना आपत्तिजनक एवं निन्दनीय रहेको भन्दै  सरकारको यसखालको प्रवृत्ति विरुद्ध देशब्यापी प्रतिरोध गरिने बताए । देउवाले केपी ओली सरकारले सर्वसत्तावादको संकेत देखिन थालिएको टिप्पणी गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन  कांग्रेसले एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
 ‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथि गरिएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ’, देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’
 जिल्ला स्थित नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस बीच पुल उद्घाटनको विषलाई लिएर विवाद भएर प्रहरी र कांग्रेसका नेता तथा कार्यकर्ता संग झडप भएको थियो। प्रहरीले कांग्रेसको हुललाई रोक्न खोख्दा दुई राउन्ड अश्रुग्यास र लाठीचार्ज गर्दा आधा दर्जन नेताहरू घाइते भएका हुन।
घाइते हुनेमा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी, क्षेत्र न.२ का क्षेत्रीय सभापति राजेन्द्रकृण्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि पवित्रा पौडेल र ट्रेड युनियन तनहुँका अध्यक्ष सुर्यचन्द्र हड्खले रहेका छन्। आचार्य र पोख्रेललाई टाउकोमा चोट लागेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *