अमेरिका – तनहुंमा पुल उद्घाटन गर्न गृह जिल्ला पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सरकारले गरेको गिरफ्तारीको नेपाली जनसम्पर्क समिति अमेकिकाले निन्दा गरेको छ ।
‘तनहुंको बुल्दी खोलाको पुल उद्घाटनको क्रममा सरकारले गरेको अवरोध, धरपकड र गिरफ्तारीप्रति नेजस अमेरिका घोर निन्दा र भर्त्सना गर्दछ’, नेजस अमेरिकाका महासचिव मुनिन्द्र नेम्वागंद्वारा जारी वक्तव्यमा भनिएको छ ।
’राज्यसत्ताको चरम दुरुपयोग गर्दै जनताको टाउकामा लाठी बर्साउंदै पन्चायती सत्ताको झल्को दिने दमनको विरोध गर्दै खेद व्यक्त गरेको छ ।
नेजस महासचिव नेम्वागंद्वारा प्रेषित वक्तव्य :
प्रेस- विज्ञप्ति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्नो गृह जिल्ला तनहुमा स्थानीय जनताको माग र उपभोक्ता समितिको निमन्त्रणामा आज व्यास नगरपालिका वडा नं १० बुल्दी खोलाको मोटरवल पुल उदघाटनको क्रममा सरकारले गरेको अवरोध, धरपकड र गिरफ्तारी प्रति नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भर्त्सना गर्दछ ।
नेकपा सरकारकले राज्य सत्ताको चरम दुरूपयोग गर्दै नेपाली जनता माथि लाठि चार्ज गर्ने बल प्रयोग गरी कार्यक्रमलाई बिथोल्ने र फरक बिचार बोकेका नेता, कार्यकर्तामाथि निर्मम दमन र दुर्ब्यवहार गर्ने सरकारको यस्ता सर्वसत्तावादी चिन्तन र व्यवहार घोर निन्दनीय असैय भएको ठहर गर्दै, नेपाली जनसम्पर्क समिति अमेरिका यस घटना प्रति गम्भीर खेद प्रकट गर्दछ । त्यसैले तत्काल सरकारले गरेका यस्ता कुकृत्य प्रति माफी माग्दै, नेकाका वरिष्ठ नेता लगायत हिरासतमा भएका सबै नेताहरूलाई ससम्मान रिहाइ गर्न समिति सरकार समक्ष जोडदार माग गर्दछ ।
साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, लोकतन्त्र र कनुनी राज्यको धज्जी उडाउने नेकपा सरकारको यस्ता रवैया, अधिनायकवादी सोच र घटनाको बिरूद्धमा सम्पूर्ण देश विदेशमा छरीएर रहेका लोकतन्त्रवादी नेपाली जनताहरू आन्दोलित हुन र लोकतन्त्र र कानुनी राज्यको रक्षार्थ एकजुट हुन नेपाली जनसम्पर्क समिति अमेरिका सबैमा बिनम्र आग्रह गर्दछ।
धन्यवाद, जय नेपाल ।
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका