२०८१ जेठ ५ गते | 18th of May 2024

केपी ओली १४ वर्ष जेल बसेको लोकतन्त्रका लागि होइन : नेता पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर १८ गते १३:३४

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि नभइ ज्यान मुद्दामा १४ वर्ष जेल बसेको बताएका छन् ।  बिहीबार ब्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटन गर्दै उनले भने, “केपी ओली १४ वर्ष ज्यान मुद्दामा जेल बसेको हो । लोकतन्त्रका लागि होइन ।”  जोशमा बुटन चौधरीको हत्या अभियोगमा जेल बसेकाहरुले आफूसँग लोकतन्त्रको गफ गर्न नसक्ने भन्दै एउटा वाक्य लेखेको भए छुट्ने अवस्थामा पनि अस्वीकार गरेर लोकतन्त्रका लागि लामो समय जेल बसेको पनि बताए ।

बुधबार तनहुँमा पुल उद्घाटनका लागि जाँदा प्रहरीले नियन्त्रणमा लिएपछि प्रधानमन्त्री ओलीमाथि पौडेल बिहीबार थप आक्रोशित बनेका थिए । कार्यक्रममा नेता पौडेलले ०६२–६३ सालको जनआन्दोलनमा बयलगाढा चढेर अमेरिका पुगिन्न, संघीयता लोकतन्त्रमा पुगिन्न भन्ने व्यक्ति ओली नै भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय षड्यन्त्रले ओलीलाई राष्ट्रवादी बनाइएको भन्दै विदेशी गुप्तचरसँगको भेटले उनको राष्ट्रवाद उदाँगिएको पौडेलले बताए । उनले तनहुँको घटनाले प्रजातन्त्रवादीहरु देशैभर जागेको पनि बताए ।   उनले तनहुँबाट सुरु भएको सर्वसत्तावादविरुद्धको आन्दोलन उसै नरोकिने चेतावनी पनि दिए ।  नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सही अर्थमा साकार नगरेसम्म आन्दोलन नरोकिने उनले घोषणा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *