२०८१ वैशाख २२ गते | 4th of May 2024

पत्रकार बिष्णु पौडेल भन्छन्, ‘तिमीलाई पर्खिबसें’

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर २० गते ०:०४

न्युयोर्क – बिगत लामो समयदेखी अमेरिकाको न्युयोर्कमा बस्दै आएका पत्रकार तथा गीतकार बिष्णु पौडेलको रचनामा तयार भएको गीतको भिडियो सार्बोजनिक भएको छ ।

केही बर्ष पहिला दुईखोलीको मुहान नामको पुस्तक प्रकाशन गरेका पौडेल लामो समयसम्म न्युयोर्कमा नेपाली पत्रकारीता गर्दे आएका छन् ।

हालै मात्र सार्बोजनिक गरिएको यस गीतमा सङ्गित नेपाली लोक गीत क्षेत्रका स्थापित कलाकार जो अमेरिकामा बसेर पनि नेपाली लोक सङ्गितमा अनबरत रुपमा लागी परेका कलाकार बिमल डाँगीको छ भने नेपाली सुगम सङ्गितका बरिष्ट गायक रामकृष्ण ढकालको स्बर रहेको छ ।
बिशेष गरी यस गीतमा आफुले मन पराएको मान्छेलाई जीबन भर पाँउनका लागी कुरी बसेको र कहिले सपनिमा आएर मिठा मिठा कुरा ग।ी कल्पनाहरुलाई समेत उतारिएको छ र भनिएको छ :
तिमीलाई पर्खिबसे आँखा बिछ्याएर
कतै भेट्न पाँउछु भनी मन डुलाएर
आशै आशामा तिमीलाई पर्खि रहुला अन्तिम सास सम्म
सम्झ्नाले सताईदिन्छ याद आँउदा तिम्रो
चस्किदिन्छ छाती भित्र मुटु किन यस्तो ।

यस्तै यस्तै भाबहरु गीतमा रहेका छन । श्यामशुक्ला फिल्म फोड्कशनको प्रस्तुती रहेको यस भिडियोलाई नेपली फिल्म क्षेत्रमा राम्रा चलचित्रहरु बनाएर आफ्नो नाम स्थापित गर्ने सफल निर्देशक घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यस भिडियोमा जनकी थापा र शिब बाग्लेको अभिनय रहेको छ । यस भिडियोलाई सागर राज आर्चायको छायाँकन रहेको भने जीबन थापाको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *