२०८१ वैशाख २३ गते | 5th of May 2024

पार्टीमा संकट गहिरिदै गएपछि प्रधानमन्त्री ओलीले बोलाए सर्बदलिय बैठक

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर २२ गते १२:४५

काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सर्वदलीय बैठक बोलाएका छन ।   पार्टीमा संकट गहिरिदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलिय बैठक बोलाएका हुन । कतिपयले पार्टीमा देखिएको बिवादलाई छाँयामा पार्न प्रधानमन्त्रीले उक्त बैठक वोलाएको भनी टिपण्णी गरेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे बस्ने सर्वदलीय बैठकमा समसामयिक विषयहरुमा छलफल हुने जानकारी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टरार्ईले जानाकारी दिए । सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने छ ।बैठकमा  बढ्दो कोरोनाको संक्रमण र बैठकमा राजाको समर्थनमा गरिएका गतिबिधी लगाएतका विषयमा छलफल हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *