२०८१ वैशाख २३ गते | 5th of May 2024

प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने सर्बदलिय बैठकको जोड

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर २३ गते १४:५६
काठमाडौँ –   प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री के पी शर्मा ओलीको आह्वानमा  सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा समसामायीक राजनैतिक घटनाक्रम र कोभिड नियन्त्रणमा सरकारको भूमिका  लगायतका विषयमा छलफल भएको सहभागी दलका नेताहरुले   बताएका छन् ।
बैठकमा सहभागी नेपाली काँग्रेसका सह महामन्त्री प्रकाश शरण महतले सरकारले प्रभावकारी कार्य सम्पादन  गर्न नसक्नु र कोभिड नियन्त्रणमा समेत असफल भएकाले वर्तमान राजनैतिक घटनाक्रम विकसित भएको भन्ने धारण आफूहरूले  राखेको जानकारी दिनुभयो ।
डा. महतले वर्तमान शासन प्रणालीप्रति  प्रश्न चिन्ह खडा गरी गरिएका र भइरहेका आन्दोलन प्रति काँग्रेस पार्टीको सहयोग नरहने भन्नुहुँदै जनताका हकहितमा काम गर्न सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।
बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले  सहभागीहरूको सुझावलाई सकारात्मक रुपमा लिई सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको काँग्रेसका सह महामन्त्री डां महतले जानकारी दिनुभयो । बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री एवं महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता  सुवास   नेम्वाङ सहभागी हुनुहुन्थ्यो ।
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र डाक्टर प्रकाश शरण महत सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै बैठकमा सङ्घीय समाजवादी पार्टीका तर्फबाट नेताहरू महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *