२०८१ साउन ११ गते | 26th of July 2024

संशोधन विध्येकलाइ थाँती राखेर सरकार तेश्रो चरणको निर्वाचनको तयारीमा

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २७ गते १५:२०

काठमाडौ २७ असार । सरकार तेश्रो चरणको निर्वाचनको तयारीमा जुटेको छ । असन्तुष्ट दलहरुको मागलाई थाँती राखेर सत्तापक्ष दल नेपाली कांग्रेस र माओवादी केन्द्र निर्वाचनको तयारीमा असन्तुष्ट राष्ट्रिय जनता पार्टीको मागबमोजिम संविधाजुटने निष्कर्षमा पुगेका हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान प्रमुख प्रतिपक्षी नेकपा एमाले र साँझ राजपाका शीर्ष नेतासँग गरेको वार्तामा संविधान संशोधन विधेयकलाई पारित गर्ने विषयमा सहमति नजुटेपछि सरकार निर्वाचनको तयारीमा लागेको हो। ‘राजपाको माग संवोधन गर्नका लागि प्रमुख प्रतिपक्षी एमालेलाई मनाउन अधिकतम प्रयास गर्न दुवै पक्ष सहमत छौं’, बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीसँग भने, ‘सहमतिको लागि एमालेसँग वार्ता गर्ने तर सहमति जुटेन भने पनि स्थानीय तहको निर्वाचन भने नरोक्न हामी प्रतिवद्ध छौं।’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि मंगलबारको बैठक सकारात्मक भएको भन्दै एमाले र राजपासँगको वार्तालाई निरन्तरता दिने बताए।

प्रधानमन्त्री भएको एक महिना बितिसक्दा समेत मौजुदा मन्त्रिपरिषद् बिस्तार गर्न नसकेका शेरबहादुर देउवाले यसै साता मन्त्रिपरिषद् बिस्तारको तयारीसमेत गरेका छन्। सत्तारुढ दलका शीर्ष नेता र एमालेका शीर्ष नेतासँग मंगलबार बिहान भएको बैठकमा एमालेका नेताहरूले संविधान संशोधन विधेयकको पक्षमा कुनै पनि हालतमा नउभिने अडान लिएका थिए।

एमालेले संविधान संशोधन विधेयकको पक्षमा मत नदिने अडान राखेकोले विधेयक पारित गर्न दुई तिहाई बहुमत पुग्दैन। कांग्रेस नेता विमलेन्द्र निधिले विधेयक पारित नहुने अवस्थामा सरकारले त्यस्तो विधेयकलाई निर्णयार्थ प्रस्तुत नगर्ने स्पष्ट पारे। उनले भने, ‘विधेयक फेल हुने अवस्थामा त्यसलाई निर्णयार्थ प्रस्तुत गर्ने पक्षमा हामी छैनौँ।’ मंगलबार साँझको बैठकमा राजपाका नेताहरूले संविधान संशोधन विधेयक पारित नभए स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा समेत दलले भाग नलिने अडान राखेका थिए।

राजपाका नेताहरूले विधेयक पारित नभए स्थानीय तहको निर्वाचनपछि विधेयक पारित हुने विश्वासिलो आधार हुनुपर्ने माग गरेका छन्। त्यसका लागि राजपाका नेताहरूले लिखित सहमति खोजेको बालुवाटार स्रोतले बतायो। मंगलबार साँझ बालुवाटारमा भएको बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा, नेताहरू पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा। शशांक कोइराला उपस्थित थिए। माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ उपस्थित थिए। राजपाका तर्फबाट भने अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *