२०८२ वैशाख १५ गते | 28th of April 2025

रहेनन् प्यारा प्रकाश

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर २६ गते ०:२४

लस एन्जलस – बिगत लामो समयदेखि लस एन्जलसमा रहंदै आएका नेपाल अमेरिका एकता समाजका अध्यक्ष प्रकाशचन्द्र घिमिरेलाई अकास्मात दैखिएको पेटको क्यान्सरका कारण निधन भएको छ ।

लस एन्जलस नेपाली समुदायको उत्थानको लागि करिब २० बर्षदेखी साहित्य, समाजसेवा र खटाईमा लागेका अध्यक्ष घिमिरेलाई ढाडमा समस्या देखिएपछी डाक्टरकोमा समस्या देखाउन जांदा करिब एक महिना अगाडी पेटको क्यान्सरको भयानक अवस्था देखिएर ‘उपचारको सम्भव नभएपछि’ परिवारको मुख हेर्न नेपालमै उपचार गर्न गएका थिए ।

नेपालमा परिवारको साथ रहेर काठमाडौंमा उपचार गराईरहेका सर्वप्रिय प्रकाशको नेपालको समयानुसार आज बिहान करिब ३:०० बजे मृत्यु भएको खबर आफुले पाएको एकता समाजका कार्यवाहक अध्यक्ष नबिन पोखरेलले जनाएका छन् ।

लस एन्जलसमा सकृय साहित्य समाज, पशुपती फाउन्डेशन लगायत हरेक संस्थाको नेत्रित्व गरिसकेका मिलनसार घिमिरेले अमेरिकाको बसाईमा शायदै कसैको दिल दुखाए ! जिन्दगीमा ‘नो’ भन्न नजानेका यी सर्वप्रिय घिमिरेको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछौं ।

अलबिदा प्रकाश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *