काठमाडौं – विपक्षी दलका नेता शेरबहादुर देउवाले भोलि आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा आउन नसक्ने जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक भोलि आइतबार विहान ९ बजे बोलाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथै संवैधानिक परिषदको बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । तर देउवाले २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने सन्देश दिएका छन् ।