२०८१ वैशाख २४ गते | 6th of May 2024

शोक प्रस्ताव पारित गर्दै सकियो नेकपाको स्थायी कमिटी बैठक

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर २८ गते १३:१५

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको   छ  ।  प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार बैठकले लामाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ । बैठकले शोक प्रस्ताव पारित गर्दै दुःख व्यक्त गरेको पनि उहाँले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामाको निधनको प्रसङ्ग जोडेर प्रवक्ता श्रेष्ठलाई अनावश्यक आक्षेप नलगाउन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापकाअनुसार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुवैको अध्यक्षतामा बसेको थियो । अर्को बैठक पुस १ गते १ बजे बस्ने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *