२०८१ चैत ३ गते | 17th of March 2025

अध्यादेश पछि राजनीतिक तरंग

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर ३० गते १३:४२

काठमाडौ –   राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी  गरेपछि यसको विभिन्न प्रतिकृया आएका छन । पार्टी भित्र छलफल र सहमति बिना अध्यादेशको लागि प्रधानमन्त्रीले सिफरिस गरेको भन्दै नेकपाका अर्का अध्यक्ष प्रचण्डले तत्काल असन्तुष्टि व्यक्त गरेका छन ।    राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन्। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक परिषद्को बैठक डाकेपनि गणपुरक संख्या पुर्‍याउन सकेका थिएनन्। सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि मंगलबार बिहान डाकिएको बैठक पनि स्थगित भएको थियो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी दिनमा गल्ती नगर्ने प्रतिबद्धतासहित अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन्। नेकपा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेश फिर्ता लिनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *