२०८२ वैशाख १७ गते | 30th of April 2025

पार्टीमा दर्ता भएका कुनै पनि प्रस्ताव फिर्ता लिने सहमति नभएको प्रचण्ड-नेपाल पक्षको दाबी

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष १ गते १३:५६

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीमा दर्ता भएका राजनीतिक कुनै पनि प्रस्ताव फिर्ता लिने सहमति नभएको प्रचण्ड-नेपाल पक्षका एक स्थायी समिति सदस्यले दाबी गरेका छन्। बुधबार बसेको बैठकले सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले फिर्ता गर्ने र प्रचण्ड-नेपाल पक्षले संसदको विशेष अधिवेशन बोलाउन संकलित हस्ताक्षर स्थगित गर्नेबाहेक अरू कुनै पनि विषयमा सहमति नभएको ती स्थायी समिति सदस्यले  जानकारी दिए।

‘हामीले पार्टीमा पेश गरेका कुनै पनि प्रस्ताव फिर्ता गर्ने सहमति भएकै छैन, यो सबै बालुवाटारले प्रोपोगान्डा मात्र मच्चाएको हो’, ती सदस्यले भने, ‘हाम्रा एजेन्डाहरू यथावत छन्।’ती स्थायी समिति सदस्यका अनुसार आजको बैठकमा अध्यक्ष प्रचण्डले सबै पुराना एजेन्डाहरू कायमै रहेको बताएका थिए।प्रधानमन्त्रीले ओलीले भने पुराना सबै कुराहरू फिर्ता लिएर जाऊँ भन्ने आफ्नो धारणा रहेको बताएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *