२०८१ वैशाख २५ गते | 7th of May 2024

क्रिसमस नजिकिदै गर्दा कतिपय देशमा प्रतिबन्ध थप कडा

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष १ गते १४:२९

काठमाडौ- कोरोना संक्रमितको संख्यामा बढोत्तरी हुने थालेपछि युरोपेली देशहरूले कोरोना रोकथामसम्बन्धी प्रतिबन्धहरूलाई थप कडा बनाएका छन्।क्रिसमस र नयाँ वर्षमा हुनसक्ने भीडभाडलाई ध्यानमा राख्दै उनीहरूले प्रतिबन्धहरूलाई कडा पारेका हुन्।नेदरल्यान्डसले पाँच हप्ताका लागि लकडाउन गरेको छ। यस अवधिमा त्यहाँका अनावश्यक पसल, जिम तथा सिनेमाहलहरू बन्द हुनेछन्।

जर्मनीले त्यहाँ कीर्तिमानी संख्यामा संक्रमित फेला पर्न थालेपछि कडा लकडाउन गरेको छ। १६ डिसेम्बरदेखि १० जनवरीसम्म लकडाउन हुनेछ। यध्यपी उसले क्रिसमसका बेलामा २४, २५ र २६ डिसेम्बरमा भने लकडाउनलाई केही खुकुलो बनाउनेछ। यो अवधिमा बढीमा चार जना मानिसलाई एकअर्काको घरमा निम्ता गर्न सकिनेछ।

ब्रिटेनमा पनि बुधबारबाट लकडाउन कडा पारिएको छ। यसैगरी फ्रान्सले लकडाउनलाई हटाएपनि रात्रिकालिन कर्फ्यूलाई जारी राख्ने निर्णय गरेको छ।जसअनुसार अत्यावश्यकका अवस्थामा बाहेक मानिसहरूलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म बाहिर निस्कन वर्जित गरिएको छ।यस्तै क्रिसमसको दिनमा बाहिर निस्कने अनुमति भएपनि नयाँ वर्षको दिनमा भने कर्फ्यूको पालना गर्दै घरभित्र बस्नुपर्नेछ।

फ्रान्सका बार र रेष्टुरेन्ट २० जनवरीसम्म बन्द रहनेछन्। इटालीले पनि कोरोना सम्बन्धी प्रतिबन्धलाई कडा बनाउने बारेमा विचार गरिरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *