२०८० फागुन १३ गते | 25th of February 2024

विदेशबाट आउने व्यक्तिले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २ गते १४:२१

काठमाडौ-  सरकारले विदेशबाट आउने व्यक्तिले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गत ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ को बैठकले अब नेपाल प्रवेश गर्ने व्यक्तिले कम्तिमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ।त्यस्तै, संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिले पनि १० दिन क्वारेन्टिनमा बस्नुपर्ने भनिएको छ। त्यसका लागि सम्बन्धित निकायले व्यवस्थापन गर्नुपर्ने छ। मन्त्रालयले स्थानीय सरकारलाई यसका लागि जिम्मेवारी दिएको छ। अब त्यस्ता व्यक्तिहरू क्वारेन्टिनमा बसेको/नबसेको स्थानीय तहले निगरानी गर्ने छ।

मन्त्रालयका अनुसार अहिले स्थानीय तहको टोल स्तरमा निगरानी समूह गठन गर्ने काम भइरहेको छ। साथै, संक्रमण पुष्टि भएका व्यक्तिहरू पनि अनिवार्य १० दिन आइसोलेसनमा बस्नुपर्ने भनिएको छ। यसअघि कम्तिमा दुई साता आइसोलेसन बस्नुपर्ने भनिएको थियो। सो अवधिलाई घटाएर मन्त्रालयले १० दिन बनाएको हो। यो नियम लागू गराउन मन्त्रालयले सबै निकायलाई अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *