२०८२ माघ ९ गते | 22nd of January 2026

एएनए अध्यक्षमा बिजय भट्टराई निर्वाचित

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २ गते १७:५८

टेक्सास – उत्तरी अमेरिकाको अमेरिका तथा क्यानाडामा रहेका नेपालीहरु द्वारा सन् १९८३ मा स्थापित संस्था ‘एशोसिएसन अफ नेप्लिज इन अमेरिका – (एएनए)’ को हालै सम्पन्न निर्वाचनबाट सन् २०२१–२०२३ को लागि अध्यक्षमा टेक्सासका विजयराज भट्टराई निर्वाचित भएका छन्।

नव निर्वाचित कार्यसमितिमा विजयराज भट्टराई – अध्यक्ष, विजय कुमार श्रेष्ठ – वरिष्ठ उपाध्यक्ष, डा. तुलसी धरेल – क्यानडाका लागि उपाध्यक्ष, शैलेन्द्रबहादुर खत्री – उपाध्यक्ष पूर्वीय क्षेत्र, डा. दुर्गा दाहाल- पश्चिमी क्षेत्रका लागि उपाध्यक्ष, डा. चुणामणि खनाल – महासचिव, बिनय गौतम सह सचिव, डा. उषा शर्मा कोषाध्यक्ष, राधाकृष्ण धमला सहायक कोषाध्यक्ष र युवा संयोजकमा लक्ष्मणलाल प्रधान निर्वाचित भएको जानकारी एएनए निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त भक्त थापाद्वारा प्रकाशित निर्वाचन नतिजामा जनाइएको छ।

पेशाले कम्प्युटर ईन्जिनियर विजयराज भट्टराई अमेरिकामा सामाजिक सेवामा निकै परिचित नाम हो । बिगत १५ वर्षदेखि अमेरिका बस्दै आएका उनी हालका एएनए महासचिव समेत हुन्।

यसअघि उनले नेपाली समाज टेक्सास, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको स्मार्ट एनआरएनए कमिटीमा, राष्ट्रिय समन्वय समिति अमेरिकाको बिभिन्न कमिटीमा तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को बिभिन्न जिम्मेवारीमा रहेर कार्य गरिसकेका छन्। वर्तमान अध्यक्ष खगेन्द्र अधिकारीको टिमले आउदो जनवरी १ मा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *