२०८२ वैशाख १७ गते | 30th of April 2025

ओलीले अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने प्रचण्ड समुहको निष्कर्ष

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष ३ गते १४:००

काठमाडौ – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको परिस्थितिविरूद्ध सबै एकजुट भएर लड्नुपर्ने बताएका छन्। शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा प्रदेश-१ का प्रचण्ड-नेपाल समूह निकट जिल्ला अध्यक्ष र सचिवहरुको भेलालाई सम्बोधन गर्दै  प्रचण्डले प्रधानमन्त्री ओलीको एकलौटीपन र पछिल्लो परिस्थितिविरूद्ध सबै एकजुट भएर लड्नुपर्ने बताएका हुन्।

प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत रहेका जगननाथ खतिवडाका अनुसार भेलामा प्रचण्डले हामी निषेध होइन, नियन्त्रण गरेर जानु विधि अनुसार अगाडि बढ्ने बताएका हुन्। भेलाले ओलीले अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने निष्कर्षसमेत निकालेको छ।

‘अध्यादेश फिर्ता नभए हामीले थप कदम चाल्छौं र आजको भेलामा पनि त्यही विषयमा कुराकानी भयो,’ खतिवडाले सञ्चारकर्मीहरूसँग बोल्दै भने, ‘प्रधानमन्त्री ओलीबाट विधि, पद्धति र नेकपाको राजनीति स्खलन भइरहेको छ ।’ पार्टीको अवस्था र अहिलेको परिस्थितिबारे जानकारी गराउन भेला आयोजना गरिएको खतिवडाले जानकारी दिए। प्रचण्डले आफ्नो प्रतिवेदन विधि र विधानको लागि भएको स्पष्ट पारेका थिए। पार्टी कार्यालय पेरिसडाँडामा भएको भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरेका थिए। पछिल्लो समयमा नेकपाभित्र गुटका भेला र बैठकहरु चलिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *