२०८२ वैशाख १७ गते | 30th of April 2025

सिडिओहरूको हेरफेर

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष ३ गते १४:११

काठमाडौ- गृहमन्त्री रामबहादुर थापाले शुक्रबार सिडिओ (सहसचिव र उपसचिव)हरूको हेरफेर गरेका हुन्। गृहको सरूवा सूचीअनुसार ललितपुरमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। ललितपुरमा गृह मन्त्रालयबाट ढुण्डीप्रसाद निरौलाको सरूवा भएको छ। ललितपुरका नारायणप्रसाद भट्ट प्रदेश नम्बर ३ को सचिव पठाइएको छ।

गृहको सरुवा अनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको महोत्तरी सरूवा भएको छ। धनकुटामा गृहबाट बासुदेव दाहाल गएका छन्। रामेछापकी रुद्रादेवी शर्माको गुल्मी सरूवा भएको छ। पाँचथरका अर्जुनकुमार शर्माको रामेछाप, खोटाङका शालिग्राम शर्मा पौडेलको गृह मन्त्रालय सरूवा भएको छ। यसैगरी, महोत्तरीका प्रमुख जिल्ला अधिकारी (उपसचिव) कृष्णबहादुर कटुवालको कारागार झुम्का, वसन्तराज पुरीको भोजपुरबाट इलाका प्रशासन कार्यालय इटहरी, कर्मचारी संगठनका पूर्वअध्यक्ष पुण्य ढकालको पाँचथर सरूवा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *