२०८१ साउन १२ गते | 27th of July 2024

पार्टीभित्र कमजोर बनेका ओली बिहानै प्रचण्ड निबासमा, मन्त्री निबासमा समेत पुगे

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष ४ गते १४:१७

काठमाडौ-   संबैधानिक परिषद सम्बन्धी अध्यादेश पछि पार्टी भित्र झन कमजोर बन्दै गएपछि नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली  शनिवार अर्का अध्यक्ष प्रचण्डलाई फकाउन उनको निबास पुगेका छन ।   प्रधानमन्त्री ओलीले  बिहान करिब ११ बजे खुमलटास्थित प्रचण्ड निवास पुगेर आफूविरूद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिमा अगाडि बढ्न  प्रचण्डलाई  आग्रह   गरेका हुन्। तर प्रधानमन्त्रीको प्रस्ताव प्रचण्डले अस्वीकार गरे। उनले आफ्नो अडान कायमै रहेको भन्दै पार्टी एकतालाई बलियो बनाउन आफ्नो प्रतिवेदन उपर्युक्त रहेको जवाफ दिएका थिए।

खुमलटार स्रोतका अनुसार, आजको छलफलमा कुनै ठोस सहमति हुन सकेन। दुवै ‘हिजो–अस्तिकै निरन्तरता मात्र हो’ स्रोतले भन्यो, ‘चर्चा र अपेक्षा गरिएजस्तो कुनै ठोस कुरा भएन ।’ नेकपाभित्र जारी विवादकै निरन्तरतास्वरूप आजको छलफल भएको स्रोतले बतायो। ‘बालुवाटारमा हुने छलफल खुमलटारमा मात्र भएको हो, अरू कुनै उपलब्धिमूलक कुराकानी भएन,’ स्रोतले  भन्यो। करिब एक घन्टा चलेको छलफलमा नेता वामदेव गौतमको समेत उपस्थिति रहेको थियो । पार्टी विवाद समाधान हुनुको साटो झन् बढी रहेका बेला सत्तारूढ नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्षद्वबीच भेटवार्ता बढेको छ। बिहीबार, शुक्रबार लगातार दुई अध्यक्षका बीचमा भेट भइरहेको छ। बिहीबार प्रचण्डसँगको भेटपछि नै संवैधानिक परिषदको बैठक स्थगित भएको थियो। तर प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अझै पनि फिर्ता नलिएपछि प्रचण्ड आक्रोशित बनेका छन्।

यसैबिच प्रधानमन्त्री ओली खुमलटारबाट बाहिरिए लगत्तै पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेका छन्। गृहमन्त्री सचिवालय श्रोतले दिएका जानकारी अनुसार, ओली आकस्मिकरूपमा गृहमन्त्री निवास पुगेका हुन् । प्रचण्डसँग वामदेव गौतमको उपस्थितिमा छलफल भए पनि सार्थक नतिजा ननिस्केपछि प्रधानमन्त्री गृहमन्त्री निवास पुगेका हुन्। ओली फर्केपछि नेता माधव नेपाल खुमलटार पुगेका थिए। खुमलटारमा केहीबेर नेपाल-दाहाल र गौतमबिच छलफल भएपछि गौतम पनि बाहिरिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *