२०८२ वैशाख १७ गते | 30th of April 2025

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरूद्ध मिलेर संघर्ष गर्ने तीन दलको निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष ६ गते १२:४९

काठमाडौ-  नेपाली कांग्रेस, नेकपाको प्रचण्ड-नेपाल समूह र जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरूद्ध मिलेर संघर्ष गर्ने निर्णय गरेका छन्। कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार साँझ बसेको ती तीन दलका नेताहरूको बैठकले प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको साझा धारणा बनाएको छ।

संघर्षका थप कार्यक्रमबारे आ-आफ्नो पार्टीको केन्द्रीय कमिटीबाट निर्णय गर्न एकमत भएको  नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘भोलि तीनै दलको केन्द्रीय कमिटी बैठक छ। त्यही बैठकमा प्रतिनिधि सभाको असंवैधानिक विघटनविरूद्ध मिलेर संघर्ष गर्ने निर्णय हुन्छ,’ श्रेष्ठले भने,‘त्यसपछिका थप संघर्षका कार्यक्रम पनि सल्लाह गरेर सार्वजनिक गर्छौं।’

आजको बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित पदाधिकारी, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठलगायत र जसपाबाट अध्यक्ष महन्थ ठाकुर सहभागी थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *